आज संसद् दिवस : संसद्लाई सत्ताको जोडघटाउ गर्ने ठाउँ मात्रै बनाउन नहुनेमा जोड

 असार १६, २०८१ आइतबार ९:७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसदको बैठक बसेको दिन । प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमचुनावबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको दिनलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

संसद् स्थापनाको स्मरण गरी आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले कार्यक्रमको आयोजना गरेका छन् । पहिलो संसदले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो ।

बलियो संसद् लोकतन्त्रको आधारशीला भएको हुँदा संसदलाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने राजनीतिक विश्लेषकले बताएका छन् ।त्यस्तै संसदलाई सत्ताको जोडघटाउ गर्ने ठाउँ मात्रै बनाउन नहुनेमा उनीहरुको जोड छ ।

यसैबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई सत्ताको जोडघटाउभन्दा माथि राखेर नागरिकको आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा संसदलाई विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।     

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया