नदीहरुमा पानीको सतह बढ्दै, आउँदो तीन दिनसम्म बाढीको सम्भावना

 असार १६, २०८१ आइतबार १२:०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आउँदो तीन दिन नदीहरुमा पानीको सतह बढेर बाढीको जोखिम हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान सूचना निकालेर आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीमा तथा बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य रूपमा बढ्ने भन्दै नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध छ ।

आज ताप्लेजुङ, सङ्खुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, दाङ, बाँके र बर्दियालगायत आसपासका जिल्लाका सबैजसो सानाठूला नदीमा पानीको सतह बढ्ने महाशाखाको सूचनामा उल्लेख छ । यी जिल्लामा आज मध्ययम खालको जोखिम रहे पनि कतिपय नदीमा आकस्मिक रूपमा ठूलो बाढी आउ सक्ने भन्दै महाशाखाले उच्च सतर्कता आवश्यक रहेको बताएको छ ।

महाशाखाले आज इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, सल्यान, दैलेख, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने नदीमा पनि आकस्मिक बाढीको सम्भावना रहेकोले सावधानी अपनाउन भनेको छ ।

केही दिनदेखि पानी निरन्तर परिरहेको र नदीमा पानीको सतह बढिरहेकोले यस बेला सामान्य पानी पर्दा पनि बाढीको जोखिम हुन सक्ने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया