प्रतिनिधि सभाबाट ३ वटा विधेयक पारित

 असार १६, २०८१ आइतबार १८:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाबाट तीन वटा विधेयक पारित भएकाे छ । प्रतिनिध सभाकाे आजकाे बैठकमा आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ बहुमतले पारित भएकाे हाे ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०८१ लाई पारित गरियास् भन्ने प्रस्ताव बहुमतबाट पारित भयाे । यो विधेयकमाथिको छलफलमा सांसदहरू प्रेम सुवाल, डाक्टर प्रकाशशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिनुभएको थियो ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवम् लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताउनुभयो ।

त्यसअघि यो विधेयकमाथि सांसद सुवाल र महतले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

यस्तै बैठकमा अर्थमन्त्री पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भयाे । यो विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । उहाँले राख्नुभएको संशोधन प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरूले अस्वीकृत गरेका थिए ।

यस्तै बैठकमा अर्थमन्त्री पुनले प्रस्तुत गर्नुभएको भन्सार महसुल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भयाे । यो विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । उहाँले राख्नुभएको संशोधन प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरूले अस्वीकृत गरेका थिए ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया