नागरिक र नेतृत्वको प्राथमिकता फरक हुँदा देश अप्ठेराेमा पर्‍याे : गृहमन्त्री लामिछाने

 असार १६, २०८१ आइतबार १८:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिक र नेतृत्वको प्राथमिकता फरक हुँदा देश अप्ठेराेमा परेकाे बताउनुभएको छ ।

आज काठमाण्डाैमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले देश अप्ठेराेमा छ भन्ने कुरा २००७ सालदेखि भन्दै आएको बताउँदै देश कहिल्यै पनि अनुकूलतामा नहुने कुरा स्पष्ट भएको उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘देश त सधैँ खतरामा हुने रहेछ । परिस्थिति त कहिल्यै अनुकूल हुने रहेनछ । जब आमनागरिक र नेतृत्वको प्राथमिकतामा फरक आउँछ तब देश जहिले पनि अप्ठेरोमा पर्छ । नेपालमा आमनागरिककाे प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन ।’

गृहमन्त्री लामिछानेले नेताहरूले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताउनुभयो । नेताहरूले साँच्चिकै चिन्ता गर्ने हाे भने नागरिकका मुद्दामा सर्वदलीय बैठक बाेलाएर छलफल गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया