हरेक ठाउँमा भ्रष्टाचार छ, विना पैसा कुनै काम हुँदैन : अध्यक्ष नेपाल

 असार १६, २०८१ आइतबार १८:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ ।

आज काठमाण्डाैमा पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विना पैसा कुनै पनि सरकारी सेवा प्राप्त गर्ने परिस्थिति नरहेको टिप्पणी गर्नुभयाे । उहाँले भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको उल्लेख गर्नुभयाे ।

अध्यक्ष नेपालले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ । विना पैसाको कुनै काम हुँदैन । त्यसैले यो बेथितिको कसरी अन्त्य गर्ने भन्नेबारे साेच्न जरुरी छ । उत्पादनको विकास गर्नका लागि, रोजगारी प्रवर्द्धन गर्नका लागि, देशको आय बढाउनका लागि, सिङ्गो अर्थतन्त्रलाई उँभो उठाउनका लागि गम्भीर चिन्तन र छलफल गर्नुपर्ने आवश्यकता छ ।’

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया