स्पेन र इङ्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

 असार १७, २०८१ सोमबार ६:४०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – जर्जियालाई हराउँदै स्पेन युरोकप कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीको कोल्नमा गएराति भएको खेलमा स्पेनले जर्जियालाई ४–१ को अन्तरले हराएको हो ।

स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे । स्पेनका रोविन ले नोर्मान्डको आत्मघाती गोलसँगै जर्जियाले शुरुवाती अग्रता लिएको थियो । अब स्पेनले क्वाटरफाइनलमा जर्मनीसँग खेल्नेछ ।

यसअघि हिजोको अर्को खेलमा इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले स्लोभाकियाका लागि शुरुवाती गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको पहिलो मिनेटमा इङ्ल्यान्डका ह्यारी केनले गोल गरे । अर्को गोल पनि केनले नै थपेर इङ्ल्यान्डलाई जिताएका हुन् ।

इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ । आज हुने क्वाटरफाइनलको खेलमा फ्रान्स र बेल्जियम तथा पोर्चुग र स्लोभेनिया खेल्दैछन् ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया