नेपाली विद्युतीय मोटरसाइकल 'यात्री'मा सिप्रदीले लगानी गर्ने

 असार १७, २०८१ सोमबार ८:५३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली विद्युतीय मोटरसाइकल ब्रान्ड 'यात्री'मा सिप्रदीले लगानी गर्ने भएको छ । स्वदेशमै विद्युतीय दुई पाङ्ग्रे गाडी उत्पादन गर्नका लागि रणनीतिक साझेदारीको रुपमा यात्री र सिप्रदीबीच सम्झौता भएको हो ।

सिप्रदी ट्रेडिङका अनुसार मेड इन नेपाल दुई पाङ्ग्रे विद्युतीय गाडी उत्पादन गर्न सिप्रदी र यात्रीबीच रणनीतिक साझेदारीको सम्झौता भएको छ । देशको बाटो र माटो सुहाउँदो तथा नेपाली ग्राहकवर्गको बदलिँदो इच्छा एवम् आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ सिप्रदी र यात्रीले गुणस्तरीय दुई पांग्रे सवारी उत्पादन गर्न यो सम्झौता भएको कम्पनीले जनाएको छ ।

सिप्रदी ट्रेडिङ टाटाको आधिकारिक बिक्रेताको रूपमा नेपालमा रहेको छ । नेपालमै पहिलो विद्युतीय मोटरसाइकल पी–० र पी–१ बनाएर चर्चा कमाएको यात्री नेपाली युवाकाे बीचमा चर्चित ब्राण्ड हो । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया