आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रिय बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना १५ वर्षपछि स्वीकृत भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज योजना स्वीकृत गर्नुभएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले जानकारी दिनुभयो ।
केन्द्रले तयार गरी बितेको १५ वर्षदेखि स्वीकृत प्रक्रियामा रहेको र स्वीकृत हुन नसकेको योजना आज मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएसँगै कार्यान्वयनको चरणमा पुगेको छ । अर्थ मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयलगायतको राय सुझाव समावेश गरी रणनीति याेजना तयार गरिएको हाे ।
जटिल समस्याका रूपमा रहेको मिचाहा प्रजातिलाई यस रणनीतिले नियन्त्रण गर्न र फैलावट हुन नदिने महानिर्देशक केसीले बताउनुभयो । एक अध्ययन अनुसार नेपालमा एक सय ७० प्रजातिका वनस्पति भित्रिएका छन् । तीमध्ये ३० भन्दा बढी मिचाहा प्रकृतिका हुन् । ६ वटालाई उच्च जोखिम गर्ने मिचाहा प्रजाति मानिएको छ । लहरे वनमारा, तीतेपाती झार, कालो वनमारा, सेतो वनमारा, जलकुम्भी र वनकाँडाले उच्च जोखिम निम्त्याएको वनस्पति विज्ञहरू बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।