भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)का कायममुकायम अध्यक्ष किम जोङ याङ इन्टरपोलको नयाँ अध्यक्षमा नियुक्त भएका छन् ।
अन्तर्राष्ट्रिय प्रहरी संगठनका अनुसार किम जोङ याङ अर्को दुई वर्षका लागि इन्टरपोलका अध्यक्षमा नियुक्त भएका हुन् । दुबईमा १९४ राष्ट्रका प्रतिनिधिहरुको बैठकले याङलाई भोट गरेर दुई वर्षको लागि इन्टरपोलको अध्यक्षमा विजयी गराएको हो ।
रुसका अलेक्जेण्डरलाई इन्टरपोलको अध्यक्ष बनाउने तयारी गरेपछि केही राष्ट्रले रुसलाई इन्टरपोलको जिम्मेवारी दिन नहुँने भन्दै आलोचना गरेका थिए । अन्ततः दक्षिण कोरियाका याङलाई इन्टरपोलको जिम्मेवारी दिइएको छ । रुसका अलेक्जेण्डर प्रोकोप्चुक पनि इन्टरपोलका अध्यक्ष पदका दावेदार रहेका थिए । उनी इन्टरपोलका चारजना उपाध्यक्ष मध्येका एकजना हुन् ।
इन्टरपोलका अध्यक्षका दावेदार मानिएका उनलाई इन्टरपोलको ‘रेड नोटिस सिस्टम’ बारे आलोचना गरेको आरोप लागेको छ । अमेरिकाको सिनेटरको एक ग्रुपले उनलाई इन्टरपोलको अध्यक्षमा नियुक्त गर्नु ‘कुखुराको खोरमा ब्वासो झिराउनु जस्तै हुने’ भन्दै आलोचना गरेको थियो ।
यसभन्दा अगाडिका इन्टरपोलका अध्यक्ष मिङ होङवेइलाई चीनले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । चीनले आफ्ना गोप्य सूचना चुहाएको आरोपमा इन्टरपोलका पूर्व अध्यक्ष मिङ होङवेइलाई गएको सेक्टेम्बरको अन्तमा चीन भ्रमणका गएको बेला पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।