खानीखाेला गाउँपालिकाका कफी उत्पादक किसानलाई अनुदान वितरण

 असार १७, २०८१ सोमबार १८:२८:२४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काभ्रे – काभ्रेको खानीखोला गाउँपालिकाले कफी उत्पादक किसानलाई अनुदान वितरण गरेकाे छ ।

‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । चालू आर्थिक वर्षमा कफी उत्पादक किसानलाई समूहगत रूपमा २१ लाख रुपैयाँ अनुदान वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले एक वर्षमा १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरेको पालिकाले जनाएको छ । उत्पादनका आधारमा याे सहकारीले चार लाख ६३ हजार ३३ रुपैयाँ अनुदान पाएकाे छ ।

खानीखोलामा वार्षिक ६६ हजार टन कफी उत्पादन हुने गरेको छ । कफी खेतीबाट वर्षमा चार करोड रुपैयाँको आम्दानी लिने गरेको किसानहरू बताउँछन् ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया