ओलीसँगकाे छलफल सकारात्मक : देउवा

 असार १७, २०८१ सोमबार १८:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भएको बताउनुभएको छ ।

आफ्नै निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले आज/भोलि नै नतिजा नदेखिए पनि ओलीसँगको छलफल सकारात्मक भएको बताउनुभएको एक जना नेताले जानकारी दिएका छन् ।

देउवाले  ओलीसँग सत्ता परिवर्तनको विषयमा मात्रै कुरा नभएर समग्र व्यवस्था सुधारको विषयमा पनि कुराकानी भएको पदाधिकारीहरूलाई जानकारी दिनुभएको छ । गएको शनिवार देउवा र ओलीबीच बालकोटमा छलफल भएकाे थियाे ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया