रोल्पा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सातै जनाको परिचय खुल्यो

 असार १८, २०८१ मंगलबार ७:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका सातै जनाको परिचय खुलेको छ । घर्तीगाउँबाट तालाबाङका लागि छुटेको लु १ ज ३२५२ नम्बरको जीप हिजो बेलुका माडी गाउँपालिका वडा नम्बर–४ परेवा छहरामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाका अनुसार ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालबाङकी ३३ वर्षीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी, ३० वर्षीया अमृता घर्ती र उहाँका १८ महिनाकी छोरी रहेकी छन् । त्यस्तै परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका १० जनामध्ये छ जनालाई उपचारका लागि अरू अस्पताल रिफर गरिएको छ । घाइतेमध्ये खगेन्द्र बाँठाको रोल्पामै उपचार भइरहेको छ । सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर उपचारपछि घर फर्किनुभएको छ ।

जीप गुडिरहेको समयमा पहिरो खसेको थियो । गाडी स्टार्ट भइरहेकै अवस्थामा चालकले ओर्लिएर ओट राख्न खोज्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया