उरुग्वे र पानामा कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

 असार १८, २०८१ मंगलबार ९:६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – उरुग्वे कोपा अमेरिका फुटबलको समूह चरणमा शतप्रतिशत जीत निकाल्दै क्वाटरफाइनलमा पुगेको छ । समूह 'सी' को अन्तिम खेलमा आज बिहान अमेरिकालाई १–० गोलले हराएर उरुग्वे क्वाटरफाइनलमा पुगेको हो ।

एरोहेड स्टेडियममा भएको खेलमा म्याथिएस ओलिभेराले गरेको एक गोल नै निर्णाय बन्यो । यो खेलसँगै एक खेल मात्र जितेको अमेरिका समूह चरणबाटै बाहिरिएको छ ।

यसैबीच समूह 'सी' कै अर्काे खेलमा पानामाले बोलिभियालाई ३–१ गोलले हराएको छ । आज बिहान इन्टर एण्ड को स्टेडिएममा भएको खेलमा बोलिभियालाई हराएपछि समूहको दोश्रो हुँदै पानामा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पानामाका जोस फजार्डो, इडुआडो गुरेरो र सिजर यानिसले समान एक गोल गरे । बोलिभियाका मिरान्डाले एक गोल फार्काए । एक खेल पनि नजितेको बोलिभिया समूह चरणबाटै बाहिरिएको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया