देशका धेरै ठाउँमा वर्षा, मेलम्चीमा ठूलाे बाढी, जनकपुर डुबानमा

 असार १८, २०८१ मंगलबार १४:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनकाेशी नदी, तस्बिर : रासस

काठमाण्डाै – अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परिरहेको हो ।

बाँके, बर्दिया, दाङ, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गोरखा, ललितपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो पानी परिरहेको छ । आज कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि भारी वर्षा हुने सम्भावना छ ।

अहिले सिन्धुपाल्चोकको मेलम्ची नदी सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अनपाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । वर्षाका कारण मधेश प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्रसहित जनकपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् ।

आउँदो तीन दिनसम्म नै कर्णाली, महाकाली, कोशी, नारायणी, बागमती र यसका प्रमुख सहायक नदीहरू तथा कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आजदेखि केही दिन सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षा हुने सम्भावना रहेको छ । मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । मनसुनी वायु सुदूरपश्चिमको कैलाली–कञ्चनपुर हुँदै पहाडतिर उक्लिँदै गएको मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया