काठमाण्डौ महानगरका सामुदायिक विद्यालयको एसईई नतिजामा सुधार, ७८ प्रतिशत विद्यार्थी उत्तीर्ण

 असार १८, २०८१ मंगलबार १५:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीहरूमध्ये ५ सय ४५ जना अर्थात् १३ दशमलव ७७ प्रतिशतले ४ जीपीए प्राप्त गरेका छन् ।

गएको वर्ष ३ दशमलव ८३ प्रतिशत अर्थात् १ सय छण् जनाले ४ जीपीए ल्याएकामा यो वर्ष २ सय ५९ प्रतिशतले सुधार आएको महानगरको शहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।

५८ वटा सामुदायिक विद्यालयबाट यस वर्ष ३ हजार ९ सय ५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये ३ हजार ८६ जना अर्थात् ७८ प्रतिशत उत्तीर्ण भएका छन् भने २२ प्रतिशत अर्थात् ८ सय ७३  जनाले फेरि परीक्षा दिनुपर्ने भएको छ ।

काठमाण्डौको विश्व निकेतन माध्यमिक विद्यालयका ४ जना विद्यार्थीले ४ जीपीए ल्याएका र यो नेपालभरिका सामुदायिक विद्यालयमध्येकै उत्कृष्ट सङ्ख्या रहेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

यस्तै बाफलको ज्ञानोदय माध्यमिक विद्यालयबाट ३ जना, मध्य बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयबाट २ जना र बालाजुका तरुण माध्यमिक विद्यालयबाट १ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यसरी महानगरभित्रका ५८ विद्यालयमध्ये ४ वटा विद्यालयका १० जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको हुन् ।

यो नतिजा आफूहरूले सञ्चालन गरेको शैक्षिक सुधार कार्यक्रमको उपलब्धि भएको महानगरले दाबी गरेको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया