सबैजसो फोहर ल्याण्डफिल साइट पुर्‍याउने क्रम तत्काल रोकिनुपर्नेमा काठमाण्डौ महानगरको जोड

 असार १९, २०८१ बुधबार ९:०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

काठमाण्डौ – सबै प्रकारको फोहर उठाएर ल्याण्डफिल साइट पुर्‍याउने क्रम तत्काल रोकिनु पर्नेमा विज्ञ र काठमाण्डौ महानगरको टोलीले जोड दिएको छ । बञ्चरेडाँडामा फोहर व्यवस्थापनको वर्तमान अवस्था अवलोकनका लागि अस्ति सोमबार विज्ञसहित महानगरको टोली पुगेको थियो ।

बर्खा शुरु भएसँगै ल्याण्डफिल साइट, साइटमा पुग्ने सडक तथा अन्य पूर्वाधार र सामाजिक पक्षको व्यवस्थापनका सम्भावित जोखिम अवलोकनका लागि टोली पुगेको महानगरका प्रवक्ता नविन मानन्धरले बताउनुभयो । प्रवक्ता मानन्धरले साइटमा पुर्‍याइने फोहरको मात्रा धेरै भएपछि ल्याण्डफिल साइटको उपयोगिता अवधि घट्दै गएको र अहिलेकै मात्रामा फोहर लैजाने हो भने यसको अवधि १५ बर्षमै सकिने अनुमान गर्न सकिने बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाले वर्गीकरण गरेर स्रोतमा फोहर घटाउने कामलाई अभियानका रूपमा सञ्चालन गरेजस्तै अरू पालिकाले पनि अनुसरण गर्नुपर्ने उहाँको भनाई छ । फोहर उत्पादन, सङ्कलन, ढुवानी, व्यवस्थापन र साइटको पूर्वाधार निर्माण गर्ने सबैले आ–आफ्ना ठाउँमा जिम्मेवारी लिनुपर्ने समितिका सदस्य एवम् वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले बताउनुभयो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया