इजरायली सेनाले आफ्ना ३८ हजार नागरिकको हत्या गरेको प्यालेस्टाइनको दाबी

 असार १९, २०८१ बुधबार ९:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

इजराइली सेना (आइओएफ) ले गाजा पट्टीमा झन्डै ३८ हजार प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबरदेखि चलिरहेको युद्धमा अहिलेसम्म आफ्ना ३७ हजार नौ सय २५ जनाको हत्या गरेको प्यालेस्टिनले दाबी गरेको हो ।

यो अवधिमा कम्तिमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका कतार न्युज एजेन्सीले उल्लेख गरेको छ । आइओएफले गाजा पट्टीमा गएको २४ घण्टामा २५ जना प्यालेस्टिनीको हत्या गरेको छ ।

यो आक्रमणमा ८१ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजा पट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीले चेतावनी दिए पनि इजराइली संस्थाले त्यहाँ आक्रमणलाई निरन्तरता दिएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया