कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च सतर्कता

 असार १९, २०८१ बुधबार १५:६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सप्तकोशी नदीमा बहाव बढेसँगै सुनसरी र सप्तरीका स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई ख्याल गरेर तटीय भेगमा सतर्कतासहित पूर्वतयारीको काम गरेको दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेज पर्ने सुनसरी र सप्तरी दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले नदीमा आउनसक्ने बाढीको अनुमान गर्दै सूचना सम्प्रेषण र विपद् पूर्वतयारीको कामलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ । प्रशासनले कोशीमा डुङ्गा चलाउन र माछा मार्न रोक लगाएको छ ।

बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णयसमेत गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

सप्तकोशी नदीमा केही दिनयता २ लाख क्युसेकको आसपास बहाव मापन हुँदै आएको छ । सप्तकोशीको जलस्तर बढ्दा पछिल्ला केही वर्षयता ब्यारेजका ५६ वटै ढोका खोलिँदै आइएको छ ।

भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजका ढोका खोल्न नेपाली पक्षले भारतसँग आग्रह गर्नुपर्ने हुन्छ । ढोका खोल्न ढिला हुँदा बर्सेनि नेपाली भू– भाग डुबानमा पर्ने गरेको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया