रातभर बन्द भएको नागढुङ्गा–नौबिसे सडक खुल्यो

 असार २०, २०८१ बिहीबार ६:४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गएराति १० बजेदेखि बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड बिहान ३ बजेपछि खुलेको छ । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे सडकखण्डमा पर्ने नौबिसे खोला पुलको काम गर्नुपर्ने भएकोले राति सडक बन्द गरिएको थियो ।

आज पनि राति १० बजेदेखि भोलि बिहान ३ बजेसम्म सडक बन्द गरेर काम हुने धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने गाडी भने चल्न पाउनेछन् ।   

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया