काठमाण्डौ महानगरले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा कम्पनीलाई जरिवाना तिरायो

 असार २०, २०८१ बिहीबार ९:४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा 'ब्रान्ड'का उत्पादक कम्पनीलाई आठ लाख रुपैयाँ जरिवाना गराएको छ । महानगरले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको 'पारोक्साइड भ्यालु' धेरै भएको पाएपछि जरिवाना गरेको हो ।

मापदण्डभन्दा धेरै 'पारोक्साइड भ्याल' र 'एसिड भ्यालु' भई सरकारले तोकेको गुणस्तर नभएकामा श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, अमृत रिफाइन सोयाबिन आयल, क्वालिटी रिफाइन सोयाबिन आयल र फेमिली तोरीको तेल रहेका कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि यी ब्रान्डलाई कारबाही गरिएको हो । मिसावट भेटिएका तेल तीन दिनभित्र फिर्ता ल्याएर तेल नष्ट गरिएको प्रमाणसहित उपस्थित हुन सम्बन्धित निकायलाई महानगरले पत्राचार पनि गरेको छ ।  

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया