कृषि मन्त्रालयका कर्मचारी आज पनि धर्नामा

 असार २०, २०८१ बिहीबार १५:१३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । आज पनि अधिकृतस्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेशद्वारमा धर्ना दिएका हुन् ।

२०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि सङ्घमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रूपमा लोक सेवा आयोगमार्फत विज्ञापन नखोलिएको र ओएनएम पनि नभएकाले साङ्केतिक विरोध स्वरूप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ ।

कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताउनुभयो । अदालतको परमादेश कार्यान्वयन नभएपछि मानहानीको मुद्दामा अदालत गएको पनि उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया