धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो

 असार २०, २०८१ बिहीबार १७:१५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

धनुषा – धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १० देखि १२ वर्ष उमेरका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् ।

आज दिउँसो नुहाउने क्रममा धनौजी गाउँपालिका–५ बहुअर्वामा रहेको सार्वजनिक पोखरीमा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

बालिकाहरू पोखरीमा डुबेको देखेपछि स्थानीयवासीले तत्कालै उद्धारको प्रयास गरे पनि सफल हुन सकेन । ज्यान गुमाएका उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया