काठमाण्डौ महानगरको नगरसभा अनिश्चित

 असार २१, २०८१ शुक्रबार ९:१०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको नगरसभा अनिश्चित भएको छ । महानगरका मेयर बालेन्द्र साह र वडाअध्यक्षबीचको विवादले बैठक अनिश्चित भएको हो । यसअघि गएको शुक्रवार केहीबेर बसेर स्थगित भएको बैठक फेरि बस्न सकेको छैन ।

बैठक स्थगित भएपछि महानगरको बजेट सार्वजनिक भएर पनि पास हुन सकेको छैन भने नीति र कार्यक्रम प्रस्तुत भएको छैन । बजेट र नीति तथा कार्यक्रम सार्वजनिक हुन नसक्दा अन्योल देखिएको छ । साउन १ गतेदेखि नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन हुन्छ ।

महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले अझै १० दिन बाँकी भएकाले बजेट नआउने भन्ने कुरै नहुने दाबी गर्नुभएको छ । बजेट तथा नीति कार्यक्रम पारित गर्ने विषयमा काठमाण्डौ महानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर लागि पर्नुभएको छ । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया