अबको तीन दिनसम्म केही नदी र खोलामा बाढीको जोखिम

 असार २१, २०८१ शुक्रबार १०:४६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – अबको तीन दिनसम्म देशका मुख्य नदी र खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीका साथै बागमती, महाकली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा बाढीको जोखिम छ ।

आज इलाम, झापा, मोरङ, लमजुङ, कास्की, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने धेरै नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकश्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, रामेछाप, अछाम, डोटी, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकश्मिक बाढीको जोखिम रहेको छ । भोलिदेखि देशभरका धेरै नदीमा बहाव बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया