विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न सीडीओलाई गृहको निर्देशन

 असार २१, २०८१ शुक्रबार ११:१९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गृह मन्त्रालयले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न र जिल्ला नछाड्न पनि सीडीओलाई गृह मन्त्रालयले भनेको छ ।

गृह सचिव एकनारायण अर्यालले हिजो 'भर्चुअल' माध्यमबाट 'कमाण्ड पोष्ट'का संयोजक तथा सदस्यसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका पदाधिकारीसँग विपदजन्य घटना व्यवस्थापनबारे भएको छलफलमा यस्तो निर्देशन दिनुभएको हो । उहाँले देशभर हुनसक्ने विपदजन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्था परिचालनका निम्ति समन्वय गर्न एवम् सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।

मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्वार र राहतका लागि हेलिकप्टरदेखि अरू प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई गृहले अनुरोध गरेको छ । जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि तत्काल तयार रहेको गृहसचिव अर्यालले बताउनुभएको छ ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया