धानको समर्थन मूल्य बढ्यो

 असार २१, २०८१ शुक्रबार १२:२२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको  छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ ।

यसैगरी मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । चालू आर्थिक वर्षकोभन्दा मोटा धान दुई सय १२ रुपैयाँ र मध्यम धान दुई सय १७ रुपैयाँले बढी हो । सरकारले हरेक वर्ष धानको समर्थन मूल्य वृद्धि गर्दै लगेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ९८ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार तीन सय ६३ रुपैयाँ थियो । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नेछ ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया