पत्रकार महासंघको चुनाव फेरि पनि स्थगित

 असार २२, २०८१ शनिबार ६:४०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल पत्रकार महासंघको चुनाव फेरि स्थगित भएको छ । हिजो महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति निकालेर आजका लागि निर्धारित चुनाव स्थगित भएको जनाएको हो ।

चुनाव गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि सहज वातावरण बन्न नसकेकोले आजका लागि निर्धारित मतदानको कार्यक्रम हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएमा चुनावी कार्यक्रम अघि बढाउन सकिने पनि समितिले जनाएको छ । महासंघले यसअघि जेठ २६ गतेका लागि चुनावको मिति तय गरेकोमा त्यो स्थगित गर्दै आजका लागि तोकेको थियो । 

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया