एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिग हुने

 असार २२, २०८१ शनिबार ११:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – नेपाल भलिबल सङ्घले इन्फिनिटी ड्रिम्स प्रालिलाई 'एभरेष्ट महिला भलिबल लिग' सञ्चालन गर्न अनुमति दिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबाहदुर चन्द र इन्फिनिटी ड्रिम्स प्रा.लि.का प्रबन्ध निर्देशक आमिर अख्तरबीच प्रतियोगिता सञ्चालन गर्ने विषयबारे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार ड्रिम्सले छ टोलीबीच फ्रेन्चाइज भलिबल लिग गराउने प्रा.लि.का निर्देशक अख्तरले बताउनुभयो । उहाँले भलिबलमार्फत महिला खेलाडीलाई सशक्तिकरण गर्नुका साथै भलिबल खेलको विकास र बिस्तारमा सहयोग पुर्‍याउने बताउनुभयो । सो सम्झौता सात वर्षका लागि गरिएको हो ।

अध्यक्ष चन्दले इन्फिनिटी ड्रिम्सले गरेको सहयोगले भलिबल खेललाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग पुग्ने बताउनुभयो । लिगका माध्यमबाट खेलाडीलाई भलिबल खेलप्रति आकर्षित गर्न र अन्तर्राष्टियस्तरका प्रतियोगितामा खेल प्रदर्शन गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । लिग शुरु हुने समय भने पछि तय गरिने सङ्घले जनाएको छ ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया