सानुबाबु सिलवालद्वारा लिखित 'सपना र यथार्थमा अमेरिका' नामक कृतिको विमोचन

 असार २२, २०८१ शनिबार ९:१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – अमेरिका निवासी सानुबाबु सिलवालद्वारा लिखित 'सपना र यथार्थमा अमेरिका' नामक कृतिको विमोचन भएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कृतिको विमोचन गर्नुभएको हो ।

उहाँले मुलुकको विकास र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दलहरुबीच साझा दृष्टिकोण आवश्यक भएको बताउनुभयो । अमेरिकालाई जुन दृष्टिकोणबाट हेरिए पनि विधिको शासन, मूल्य प्रणालीको अवसर देश  भएको भन्दै त्यहाँको समुन्नत र समृद्ध विकासलाई नेपालले आत्मसात् गर्न सक्नुपर्ने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीको भनाइ छ ।

प्राध्यापक डा. सुरेन्द्र केसीले मुलुक निर्माणमा चेतनशील आम युवा सक्रिय हुन जरुरी रहेको भन्दै विमोचित कृतिले अमेरिकी जीवनको वास्तविकता, अवसर र सङ्घर्षलाई समेटेको बताउनुभयो ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले अमेरिका पुग्ने युवाको मोह, सङ्घर्ष र सफलताका तमाम विषयलाई पुस्तकले उल्लेख गरेको बताउनुभयो । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सबै नेपाली युवाले पढ्नैपर्ने उपयोगी पुस्तक बजारमा आएको बताउनुभयो ।

वरिष्ठ पत्रकार तारा बरालले अमेरिकी समाज, आप्रवासीका समस्या, विधिको शासन, विकास र प्रविधि, रोजगारीको अवसरलगायत विषयलाई पुस्तकले समेटेको बताउनुभयो ।

पुस्तकका लेखक सिलवालले प्रवासी जीवनका सङ्घर्ष र सफलताका कथालाई पुस्तकमा उजागर गरेको बताउनुभयो ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया