विपी, सिद्धार्थ र कर्णाली राजमार्गसहित विभिन्न सडक अवरुद्ध

 असार २२, २०८१ शनिबार ८:४६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज गएको पहिरो डोजरको सहयोगमा हटाइँदै । वर्षाका कारण पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस

काठमाण्डौ – रातभर परेको झरीले देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । देशभर ११ वटा सडकखण्ड अवरुद्ध बनेका सडक विभागले जनाएको छ । काठमाण्डौ जोड्ने विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–२ कमिरेफाँटमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

यस्तै मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीकै गोलन्जोर गाउँपालिका वडा नम्बर– ६ अकबरे भिरमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अहिले सडकमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ पाङ्दुर गैरीमा पहिरो जाँदा सडक अवरुद्ध छ । यस्तै इन्द्रसरोवर गाउँपालिकाको पाटेमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको छ । यो सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ प्रतापडाँडामा गएराति एक बजे खसेको पहिरो हटाइएको छ ।

यस्तै कर्णाली राजमार्गको कालिकोटमा लेदोसहितको पहिरो खसेपछि गाडीको आवतजावत बन्द भएको छ । खाँडाचक्र नगरपालिका–२ को सेरिघाट र शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरोले सडक अवरुद्ध छ ।

यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बर्तुङमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । पहिरोले अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडकअन्र्तगत गुल्मीको रिडी–पुर्तिघाट सडक पनि अझै खुल्न सकेको छैन ।

कालीगण्डकी करिडोरकै म्याग्दीमा पनि पहिरो गएको छ । भालुवाङ–लिवाङ–रोल्पा माडिचौर दारबोट जोड्ने सडक पनि पहिरोले क्षति पु¥याएको छ । कोशी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी धरान, हिले र लघुवाघाट–खाँदबारी–किमाथाङ्का सडक पनि पहिरोले अवरुद्ध नै छ । 

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया