युराे कपमा आज राति इङ्गल्यान्ड र स्विट्जरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्की खेल्दै

 असार २२, २०८१ शनिबार १८:३८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – युरो कप फुटबलमा आज राति क्वार्टरफाइनलका तेस्रो र चौथो खेल हुँदैछन् ।

पहिलो खेलमा राति पौने १० बजे डुलेसडर्फमा इङ्गल्यान्ड र स्विट्जरल्यान्ड खेल्दैछन् । यसअघि अन्तिम–१६ मा इङ्गल्यान्डले स्लोभाकियालाई २–१ र स्विट्जरल्यान्डले साविक विजेता इटालीलाई २–० गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन् ।

यस्तै राति पौने १ बजे बर्लिनमा नेदरल्यान्ड्स र टर्की खेल्दैछन् । अन्तिम–१६ मा नेदरल्यान्ड्सले रोमानियालाई ३–० र टर्कीले अस्ट्रियालाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन् ।

आजको खेलसँगै युरो कप फुटबलको सेमीफाइनल समीकरण पूरा हुनेछ । गएराति भएका खेलमा आयोजक जर्मनीलाई हराउँदै स्पेन र पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनल खेल आउँदो जुलाई १० र ११ तारिखमा हुनेछ । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्नेछन् । यस्तै आज विजयी हुने टोलीले दोस्रो सेमिफाइनल खेल्नेछन् । युरो कप फुटबलको फाइनल खेल जुलाई १५ तारिखमा हुनेछ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया