लुम्बिनी प्रदेशका मन्त्रालय डुबानमा

 असार २२, २०८१ शनिबार १८:४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशको राजधानी मौरीघाट डुबानमा परेको छ । अविरल वर्षाका कारण बाढी आउँदा राप्ती गाउँपालिकाकाे मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरू डुबानमा परेका छन् ।

लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय डुबानमा परेका छन् । दुई वटा मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले बताउनुभयो । केही भवनमा निर्माणको काम भइरहेको र नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा डुबानमा परेको उहाँकाे भनाइ छ ।

राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाहरूमा पानीको सहज निकाश छैन जसले गर्दा समस्या आइरहेको छ ।

राप्ती गाउँपालिका- ५ लठ्ठहवा, पहरूवा र कालापानीलगायतमा गाउँमा पनि बाढी पसेको छ । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम शुरु भएको छ ।

दाङमा गएरातिदेखि वर्षा भइरहेको छ । लगातार परिरहेको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन् ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया