पानीको बहाव बढेपछि सप्तकोशीका सबै ५६ वटा ढोका खोलिए

 असार २३, २०८१ आइतबार १०:४५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

सप्तरी – सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि सबै ५६ वटा ढोका खोलिएको छ । यसअघि बिहान सप्तकोशीका ५६ मध्ये ४६ वटा ढोका खोलिएका थिए । कोशी ब्यारेजमा आज बिहान पछिल्लो पटक तीन लाख ४२ हजार क्यूसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन अनुरोधसमेत गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।   

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया