दाङमा बाघकाे आक्रमणबाट ३ जना महिला घाइते

 असार २४, २०८१ सोमबार १२:२१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

दाङ – दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिकामा रहेको नवदुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका महिला आज बिहान साढे ६ बजेतिर बाघको आक्रमणका परेका प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा तुलसीपुर–९ बेलुवाकी ४५ वर्षीया कमला केसी, ५२ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

बाघको आक्रमणबाट घाइते भएका तीनै जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । आक्रमण गर्ने बाघ जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया