सुदूरपश्चिम : साढे दुई हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो, ३९ जनाको उद्धार

 असार २४, २०८१ सोमबार १५:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिमका पाँच जिल्लाको जनजीवन प्रभावित भएको छ । कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र अछामका दुई हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई विद्यालय, सामुदायिक भवन र अस्थायी टेन्टमा सारिएको छ । कैलालीमा पाँच सय ७८ जना, कञ्चनपुरमा एक हजार सात सय ३८ जना, दार्चुलामा ९९ जना र बैतडीमा एक सय ८० जनालाई डुबान क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । बाढी बस्तीमा पसेपछि कञ्चनपुरबाट ३९ जनाको उद्धार गरिएको छ ।

कन्चनपुरमा घरमा बाढी पसेपछि खाटबाट लडेर पानीमा डुब्दा ७ महिने बालकको ज्यान गएको छ । कञ्चनपुरमा महाकाली र जोगबुडा नदी बस्तीमा पसेको छ । बेलडाँडी, भिमदत्त र दोधारा क्षेत्र धेरै प्रभावित भएको छ । कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

यसैबीच नेपालमा मनसुन भित्रिएयता मनसुनजन्य विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ७० जना पुगेको छ । जेठ २८ गतेदेखि आज बिहानसम्म बाढीपहिरो र चट्याङमा परेर ७० जनाको ज्यान गएको, पाँच जना वेपत्ता भएका र ८६ जना घाइते भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

जेठ २८ गतेपछि बाढीपहिरोका नौ सय ६६ घटना घटेका छन् । घटनामा तीन सय ३५ पशु चौपाय मरेका छन् ।   

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया