देशभर झन्डै ५ लाख ४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकियो

 असार २४, २०८१ सोमबार १५:१४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – देशभर पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । यसवर्ष १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा अहिलेसम्म त्यसको ३८ दशमलव ६ प्रतिशत रोपाइँ सकिएको कृषि विभागका सूचना अधिकारी एवम् वरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाईंले जानकारी दिनुभयो ।

गएको वर्ष असार २४ सम्ममा देशभर ४२ दशमलव ९ प्रतिशत रोपाइँ भएको थियो । गएको वर्ष १४ लाख ९६ हजार सात सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरेकोमा असार २४ गतेसम्ममा छ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । यो वर्ष लगातारको झरीका कारण रोपाइँ प्रभावित भएको चौलागाइँले बताउनुभयो । रोपाइँको लागि पानीको अभाव भने यस वर्ष कम भएको छ ।

विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा ५४ दशमलव २ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । यस्तै सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो ।

यस्तै अहिलेसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा ४० दशमलव २ प्रतिशत र गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको विभागको तथ्याङ्क छ । 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया