भुटानमा राजनीतिक बन्दीको जीवन बिताएका राई ३१ वर्षपछि कारागारबाट रिहा

 असार २४, २०८१ सोमबार १८:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भुटानमा राजनीतिक बन्दीको जीवन बिताइरहेका रामबहादुर राई ३१ वर्षपछि कारागारबाट छुटुभएको छ । उहाँ थिम्पुको चेमगाङ केन्द्रीय कारागारबाट गएको शुक्रवार  ३१ वर्ष १० महिनापछि छुट्नुभएको हो । ६६ वर्षीय राई कारागारबाट रिहा भएपछि हिजो नेपालको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आउनुभएको छ ।

राई पहिले बेलडाँगी–१ सेक्टर सी मा भुटानी शरणार्थीको रूपमा बस्दै आउनुभएको थियो । पछि उहाँ भुटान गएर राजनीतिक पर्चा बाँड्दै गर्दा पक्राउ पर्नुभयो । राईलाई भुटानमा देशद्रोहीको संज्ञा दिँदै राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत जेल सजाय भएको थियो । 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया