नेपालबाट ६ सय ९० मेगावाट मात्रै विद्युत् निर्यातको अनुमति, परिमाण बढाउन भारतको आनाकानी

 असार २५, २०८१ मंगलबार ७:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले भारतले अनुमति दिएमा झण्डै १६ सय मेगावाट बिजुली निर्यातको संरचना बनिसकेको जनाएको छ।

दुई देशबीच बिजुली व्यापारको लागि चाहिने प्रशारणलाइन र सवस्टेशनको अहिलेको क्षमताले १५ सय ८० मेगावाट बिजुली निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ । तर भारतले अहिलेसम्म ६ सय ९० मेगावाट बिजुली आयात अनुमति दिएकाले नेपालले यो भन्दा धेरै परिमाणमा बिजुली निर्यात गर्न पाउँदैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गएको वर्ष भएको भारत भ्रमणको क्रममा ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री मोदीबीच १० वर्षमा नेपालले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने सहमतिमा हस्ताक्षर भइसकेको छ । तर अहिलेसम्म नेपालले ६ सय ९० मेगावाट मात्रै निर्यातको अनुमति पाएको छ ।

नेपालले तत्कालै १२ सय मेगावाटको बिजुली निर्यातको अनुमति मागेको छ । तर भारतले अनुमति दिन आनाकानी गरिरहेको छ । विद्युत्  प्राधिकरणले सन् २०३० सम्म १२ हजार सात सय मेगावाटसम्म निर्यात गर्न सकिने संरचना तयार भइरहेको पनि जानकारी दिएको छ ।

अहिलेसम्म नेपाल र भारतबीच ४०० केभीको एउटा मात्रै ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन सञ्चालनमा छ । यो प्रसारणलाइनबाट जम्मा ८ सय  मेगावाट बिजुली आदान प्रदान गर्न सकिन्छ ।  यस्तै, अरु विभिन्न प्रसारणलाइनबाट झण्डै ८ सय मेगावाट निर्यात गर्न सकिन्छ  ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया