काठमाण्डौ महानगरपालिकाका विभिन्न वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन हुने

 असार २५, २०८१ मंगलबार ९:१०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले काठमाण्डौ महानगरपालिकाको विभिन्न वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र स्टेशन सञ्चालन गर्ने भएको छ । यसअघि राष्ट्रिय सभा गृहमा परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम भइरहेकामा सेवाग्राहीको चापलाई मध्यनजर गरेर विभिन्न वडा कार्यालयबाट विवरण सङ्कलन गर्न लागिएको हो ।

विभागले काठमाण्डौ महानगरको वडा नम्बर ३ महाराजगञ्ज, वडा नम्बर ८ जय बागेश्वरी, वडा नम्बर १५ स्वम्भू र वडा नम्बर ३१ सुविधानगरमा राष्ट्रिय परिचयपत्र स्टेसन सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता नविकरणकोसमेत सहजिकरण गरिने जनाएको छ ।

विभागका अनुसार यसका लागि सम्बन्धित वडा कार्यालयलाई उपयुक्त कार्यकक्ष र जनशक्तिको व्यवस्थापनका लागि आग्रह गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया