ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – पोखरा महानगरपालिका क्षेत्रमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । पोखरामा झण्डै ११ हजार दुई सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ६० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।
पोखरामा विशेषगरी पामे, कुँडहर, सिसुवा, पटनेरी, मालमुल, गगनगौडा, अर्मला, सुरौदीलगायत फाँटक्षेत्रमा धानखेती हुने गरेको छ भने माझठाना, खुर्वादी, आँगेटारीलगायतका टारी खेतमा धानखेती गरिँदै आइएको छ । पोखरा आसपासका क्षेत्रमा झण्डै ४० प्रतिशत जेठोबुढो रोप्ने गरिएको र बाँकी विभिन्न उन्नतजातका धान रोप्ने गरिएको कडरियाले जानकारी दिनुभयो ।
तथ्याङ्कानुसार पोखरामा वार्षिक ३९ हजार मेट्रिक टन धानको उत्पादन हुने गरेको छ । पछिल्ला वर्षमा धानखेती गरिने क्षेत्र घट्दो क्रममा रहे पनि उत्पादकत्व भने वृद्धि भएको जनाइएको छ । उहाँकाअनुसार पोखराको बेगनास आसपास क्षेत्रमा रैथाने धानको जातको संरक्षणमा पनि किसानहरूले सक्रियता देखाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।