ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाको 'हेडवर्क्स' सारेपछि मात्रै काठमाण्डौ उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने खानेपानी मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाण्डौ उपत्यकामा दीर्घकालसम्म पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स नै सानुपर्ने बताउनुभएको हो । उहाँले साविककै हेडवर्क्सबाट पानी ल्याउन नसकिने स्पष्ट पार्नुभयो ।
यस्तै मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछानेले पनि मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स कडा चट्टान भएको ठाउँमा सार्नुपर्ने बताउनुभयो । उहाँले हेडवर्क्स सार्नका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेको जानकारी गराउनुभयो ।
२०७८ साल असार १ गतेको बाढी, पहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा क्षति पुगेको थियो । त्यसयता हेडवर्क्समा थप क्षति हुन नदिन भन्दै बर्खाको समयमा मेलम्चीको पानी काठमाण्डौ ल्याउन बन्द गरिँदै आएको छ ।
यसैबीच संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाण्डौ उपत्यकामा खानेपानी ल्याउने सुझावसहितको प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाण्डौ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानका लागि सुझावसहितको प्रस्ताव समितिसमक्ष पेश गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा समितिले खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव र सम्बन्धित निकायका पदाधिकारीहरूसँग काठमाण्डौ उपत्यकाभित्र मेलम्ची खानेपानी वितरण एवम् सहज आपूर्तिका लागि देखिएका समस्या, चुनौतीलगायतका विषयमा छलफल गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।