शेयर बजार १ वर्षपछि २२ सय विन्दुमाथि, कारोबार रकम ७ अर्ब रुपैयाँ नाघ्यो

 असार २७, २०८१ बिहीबार १५:४३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव २१ अङ्कले बढेर २ हजार २ सय ४ दशमलव ६१ विन्दुमा पुगेको छ ।

नेप्से झन्डै १ वर्षपछि २२ सय विन्दुमा पुगेको हो । यसअघि गएको वर्षको साउन ७ गते नेप्से २ हजार २ सय २७ विन्दुमा पुगेको थियो । त्यसको भोलिपल्ट घटेर २ हजार २ सय विन्दुमा आइपुगेको शेयर बजार त्यसयता २२ सय विन्दुमा पुग्न सकेको थिएन ।

आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन समाज लघुवित्त कम्पनीको शेयर भने साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेर झन्डै ५ महिनापछिकै उच्च भएको छ । आज ३ सय ३१ वटा कम्पनीको २ कराेड २ लाख कित्ता शेयर ७ अर्ब ८० लाख रुपैयाँमा कारोबार भएको छ । यसअघि गएको माघ ७ गते साढे ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया