जङ्गली च्याउ खाँदा धनकुटामा एकै परिवारका ७ जना बिरामी

 असार २७, २०८१ बिहीबार १८:२४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

धनकुटा – धनकुटाको शहीदभूमि गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी भएका छन् ।

जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा शहीदभूमि गाउँपालिका–७ गैरीटोलका सात जना बिरामी परेका प्रहरीले जनाएको छ । हिजो बेलुका च्याउको तरकारी खाएर सुतेका ६३ वर्षीया इन्द्रकमला राईसहित सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनले जानकारी दिनुभयो ।

बिरामी सबैको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया