मुग्लिन नजिकै फिस्लिङ र कालीखोलामा पहिरो, सडक अवरुद्ध

 असार २८, २०८१ शुक्रबार ६:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर

काठमाण्डौ – मुग्लिन नजिकै फिस्लिङ र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ३ बजेतिर खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ र मुग्लिन–मलेखु सडकखण्डमा चल्ने गाडी बिच बाटोमै रोकिएका छन् ।

प्रहरीकाअनुसार पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ । पहिरो ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रहरीले देशका विभिन्न सडक अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम हुने गरेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन प्रहरीले भनेको छ ।

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया