२० वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

 असार २८, २०८१ शुक्रबार ७:५९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ। पाकिस्तानले आफ्नो नाम फिर्ता लिएपछि हिजो नयाँ खेल तालिका सार्वजनिक गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । च्याम्पियनसिपका सबै खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा आउँदो भदौ २ गतेदेखि १२ गतेसम्म हुनेछ ।

उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङकासँग खेल्दै छ । दोस्रो खेलमा भुटान र भारत खेल्नेछन् । समूह चरणको दोस्रो खेलमा नेपालले बङ्गलादेशसँग खेल्नेछ । समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल भदौ १२ गते हुनेछ । च्याम्पियनसिपको समूह ‘ए’ मा नेपाल, बङ्गलादेश र श्रीलङ्का छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया