फिस्लिङको सडक खुल्यो, तनहुँ र कालीखोलामा अझै अवरुद्ध

 असार २८, २०८१ शुक्रबार ९:१०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मुग्लिन–मलेखु सडकखण्ड अन्तर्गत फिस्लिङमा गएरातिदेखि अवरुद्ध सडक खुलेको छ । तर मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत कालीखोलामा भने अझै पहिरो पन्छाउन सकिएको छैन । पहिरो ठूलो भएकाले सडक खुल्न समय लाग्ने मुग्लिन प्रहरीले जनाएको छ ।

यस्तै तनहुँका विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीले देशका विभिन्न सडक अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम हुने गरेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन प्रहरीले भनेको छ ।

आज गण्डकी, बाग्मती र लुम्बिनी प्रदेशमा अति जरुरी बाहेक लामो यात्रामा ननिस्कन प्रहरीले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया