तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम

 असार २८, २०८१ शुक्रबार १०:३३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आजदेखि तीन दिनसम्म कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

यस्तै आज नारायणी नदी देवघाटमा जलसतह सतर्कता तह माथि रहने र मर्स्याङ्दीमा जलसतह सतर्कता तह नजिक रहेकोले सावधानी अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

ताप्लेजुङ, पाँचथर,  इलाम, झापा, मोरङ, सनुसरी, उदयपुर, सङ्खुवासभा, सोलुखुम्बु,  सप्तरी, सिरहा, धनषुा, महोत्तरी, सर्लाही, रोटहट, बारा, पर्सा, काठमाण्डौ, भक्तपुर र  ललितपुर, लमजुुङ, कास्की, पाल्पा, रुपन्देही, कपिलबस्तु कैलाली, सिन्धुपाल्चोक लगायतका जिल्लामा भएका नदी तथा खोलामा पनि आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको पनि महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया