नापी कार्यालय लगनखेलका कर्मचारी घुससहित पक्राउ

 असार २८, २०८१ शुक्रबार १२:१०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नापी कार्यालय लगनखेल, ललितपुरका सर्वेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे टाेलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका–१२ हनुमानस्थानमा रहेको आरबी सेन्टरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया