२४ घण्टामा पहिरोमा परी १५ जनाको ज्यान गयो, त्रिशूलीमा बेपत्ता २ वटा बसको खोजी चल्दै

 असार २८, २०८१ शुक्रबार १५:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : नेपाली सेना

काठमाण्डाै – विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज दिउँसोसम्म २४ घण्टामा कास्कीमा ११ जना, म्याग्दीमा दुई जना र चितवनमा एक जना गरी पहिरोमा परी १५ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभयो ।

चितवनमा पहिरोसँगै त्रिशूली नदीमा दुई वटा बस बेपत्ता भएको घटनालगत्तै सिंहदरबारमा आज बसेको विपद्सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायीलगायत सम्बन्धित निकायसँग छलफलसमेत भएको छ । दुई वटा रात्रि बस पहिरोले बगाएको र ती बसको खोजी कार्य भइरहेको पनि गृह सचिव अर्यालले जानकारी दिनुभयो । उहाँले बसमा कति जना यात्रु थिए भन्ने अहिलेसम्म पनि यकिन नभएको बताउनुभयो ।

बैठकले काठमाण्डौबाहिर जाने र भित्रिने लामो तथा छोटो दुरीका गाडीमा टिकट अनिवार्य गर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया