ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा बिजुलीको लाइन काटिदिएको छ ।
डेडिकेटेड लाइनको बक्यौता रकम र जरिबाना नतिरेको भन्दै प्राधिकरणले बाराको सिमरामा रहेको उद्योगमा गएराति ९ बजे लाइन काटिदिएको हो । जगदम्बाले डेडिकेटेड लाइनको २५ प्रतिशत जरिबानासहित एक अर्ब ६० करोड रुपैयाँ नबुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यससँगै विद्युत् प्राधिकरणले पछिल्लो पटक लाइन काटिदिएका उद्योगहरूको सङ्ख्या ६ वटा पुगेको छ । यसअघि प्राधिकरणले रिलायन्स स्पिनिङ मिल, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टलगायतका उद्योगका लाइन काटेको थियो ।
२०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडशेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेका उद्योगहरूको लाइन काटिएको प्राधिकरणले जनाएको छ । लोडशेडिङको समयमा उद्योगहरूले लोडशेडिङ नहुने गरी प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रङ्क लाइनमार्फत बिजुली उपभोग गर्न पाएका थिए ।
उद्योगहरूले नियमित महसुल तिरे पनि प्रिमियम शुल्क नतिरेपछि विद्युत् प्राधिकरणले बक्यौता तिर्न भन्दै १५ दिन म्याद रहेको पत्राचार गरेको थियो । महसुल विवाद बढेपछि सरकारले आयोग नै गठन गरेकाे थियाे । आयोगले लोडशेडिङ रहेको समय अवधि यकिन गर्दै त्यसबीचको मात्रै प्रिमियम महसुल लिन सुझाव दिएपछि सरकारले त्यहीअनुसार निर्णय गरेको थियो । तर प्राधिकरणले थप २५ प्रतिशत जरिबाना पनि तिर्न पत्र पठाएपछि भुक्तानी नगरेको उद्योगीहरूले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।